- शनिवार हनुमान जयन्तिको अवसरमा उप–प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त पुस्तकहरूको विमोचन गरेका हुन् ।
काठमाडौं : श्रीनृसिंहजात्रा व्यवस्थापन समितिको श्रीनृसिंह माहात्म्य (श्रीनृसिंह सूक्त) पुस्तक र श्रीनृसिंहजात्रा स्मारिका–२०८१ विमोचन गरिएको छ ।
शनिवार हनुमान जयन्तिको अवसरमा उप–प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त पुस्तकहरूको विमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्ता कार्यक्रमहरुले धर्म सस्कृतिलाई जोगाउन सहयोग हुने बताएका छन् । उनले सस्कृति हस्तान्तरण प्रक्रिया निरन्तर चलिरहनुपर्ने पनि बताए ।
उनले भने, ‘हाम्रो सस्कृतिलाई जिवन्त राख्नको लागि यस्ता कार्यक्रमहरुले टेवा पुर्याउँछ ।
हाम्रा धर्म सस्कृति, रितिरिवाज जोगाउन र पुराना पुस्ताबाट असल अभ्यासहरु, मूल्यमान्यताहरु नयाँ पिढीलाई दिनुपर्छ । सस्कृति निरन्तरता हुनुपर्ने भएकाले पनि यस्ता कार्यक्रमहरुले रुचि हुने नयाँ पिढीमा सहयोग हुनेछ ।’
कार्यक्रममा उपाकर्म गुठी ललितपुर अन्तर्गत स्थापना भएको श्रीनृसिंहजात्रा व्यवस्थापन समितिले विभिन्न व्यक्तित्वहरूको सम्मान पनि गरेका छन् ।
उक्त कार्यक्रममा समितिले श्रीनृसिंह अनुसन्धान परियोजनामा खर्च भएको रकम अनुसन्धान निर्देशक डा.नूतनधर शर्मा लगायतका अनुसन्धान समितिका सदस्यहरूलाई प्रदान गरिएको छ भने वि.सं. २०८१ सालमा भाद्र कृष्ण पञ्चमीका दिन ललितपुरमा आयोजना भएको श्रीनृसिंहजात्राका पालोवालाका प्रतिनिधिलाई समितिले विभिन्न संघ–संस्थाहरूवाट सङ्कलन गरेको सहयोग रकम समेत प्रदान गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’